News Update
"जीवनका लागि पोषण (N4L)" कार्यक्रमको परिचयात्मक गोष्ठी सम्पन्न
अग्नीसाईर कृष्णासवरण गाउँपालिकामा "जीवनका लागि पोषण (N4L)" कार्यक्रमको परिचयात्मक गोष्ठी सम्पन्न
सीतापुर, सप्तरी २०८२ चैत २३ गते
अग्नीसाईर कृष्णासवरण गाउँपालिकाको समन्वय र हर्ड नेपाल (HEARD Nepal) सप्तरीको आयोजना तथा हेलेन केलर (Helen Keller International) को सहयोगमा सञ्चालित "जीवनका लागि पोषण (Nutrition for Life: N4L)" कार्यक्रमको पालिका स्तरीय परिचयात्मक कार्यक्रम मिति २०८२ चैत्र २३ गते सम्पन्न भएको छ ।
अग्नीसाईर कृष्णासवरण गाउँपालिका का.वा.गा.पा अध्यक्ष कल्पना चौधरी ज्यूको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा पालिकाको पोषण अवस्था र आगामी योजनाका बारेमा छलफल भएको थियो ।
हर्ड नेपाल (HEARD Nepal) सप्तरीकी कार्यक्रम संयोजक अर्चना गुप्ता ज्यूले संस्थाको परिचय दिँदै "जीवनका लागि पोषण" कार्यक्रमको मुख्य उद्देश्य र यसले स्थानीय समुदायमा पार्ने प्रभावका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले पोषणयुक्त खानपान र जीवनशैलीले मानव जीवनको गुणस्तरमा ल्याउने परिवर्तनका बारेमा सहजीकरण गर्नुभयो ।









