FAQs Complain Problems

जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन?

जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :
• जन्मको अनुसूची–२ (नियम ५ संग सम्बन्धित) बमोजिमको सूचना फाराम (भरेको हुनुपर्ने)
• आमा/बाबुको विवाहदर्ताको प्रतिलिपि
• आमा/बाबुको नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
• सूचकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
• कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको सिफारिस
• आमा-बाबु बसाई सराई भै आएको भए सोको प्रतिलिपि
• अस्पतालमा जन्मिएको भए सोको प्रमाणको प्रतिलिपि
• वडाको किटानी सिफारिस
• दस्तुर न.पा.को नियमानुसार
• माथि उल्लेखित प्रक्रिया पुरा भएपछि अनुसूची–१२ अनुसारको प्रमाण–पत्र उपलब्ध गराईनेछ